नेपाली बजारमा सार्वजनिक भयो भिभोको 'वाइ १२ एस'

४ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा स्मार्टफोन ब्राण्ड भिभो कम्पनीको वाई सिरिज अन्तरर्गत नयाँ स्मार्टफोन ‘भिभो वाई १२ एस’ नेपाली बजारमा भित्रिएको छ। 

कम्पनीका अनुसार यो फोनमा ५ हजार एकएएच ब्याट्री प्रयोग गरिनुका साथै साइड–माउन्टेड फिंगरप्रिन्ट प्रविधि र एआई डुअल क्यामेरा रहेको छ । 

यस फोनमा रहेको ए एआई रियर क्यामेराले उत्कृष्ट फोटोग्राफी अनुभव दिलाउने कम्पनीले दाबी गरेको छ । एक पटकको चार्ज करिब १६ घण्टासम्म टिक्ने यो फोनको क्यामेरामा फेस ब्युटी र फिल्टरर्सलगायत विविध फिचरहरु रहेको कम्पनीले जनाएको छ । 

यो फोन फ्यान्टम् ब्ल्याक र ग्लेसियर ब्लु रंगमा उपलब्ध छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया