काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर खर्बभन्दा धेरै पुगेको हो । आइपीओ जारी गरेर दोस्रो बजारमा कारोबार शुरु गरेको ५औं दिनमा बिहीबार बैंकको शेयर खर्ब नाघेको हो ।
दोस्रो बजारमा २० करोड कित्ता सेयर सूचिकृत भएको निफ्राको बिहीबार १ बजेसम्मको प्रतिशेयर मूल्य ५ सय ४६ छ । यस हिसाबले निफ्राको शेयर १ खर्ब ९ अर्ब २० करोड पुगेको छ ।
दोश्रो बजारमा आइतबारदेखि कारोबार शुरु गरेको कम्पनीको सेयरमा हरेक दिन सकारात्मक सर्किटसँगै अगाडि बढेको छ ।
यसअघि नेपालका विभिन्न ७ वटा कम्पनीको शेयर खर्ब भन्दा माथि थियो । शेयर एक खर्बभन्दा धेरे पु¥याउने निफ्रा आठौ कम्पनी भएको छ ।
यसअघि खर्बपति क्लबमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेनस, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, ग्लोबल आइएमई, एनआइसी एसिया बैंक छन् ।
प्रतिक्रिया