नेप्सेमा चन्द्रागिरीको ५० कित्ता कारोबार, शेयर पाउने आशाले ९ हजार लाइनमा

५ बर्ष अगाडि

आज नेप्सेमा चन्द्रागिरी हिल्सको ५० कित्ता शेयर कारोबार भएको छ । 

अहिले सम्ममा यस कम्पनीको जम्मा ११ हजार ८५० रुपैयाँको कारोबार भएको छ ।

नेप्से फल्वरसिटका अनुसार हिल्सको ४० कित्ता शेयर ४८ न ब्रोकरले र १० कित्ता शेयर ३२ न ब्रोकरले खरिद गरेको देखिएको छ । 

यस कम्पनीको शेयर खरिद माग भने उच्च रहेको छ ।  अहिले सम्ममा यस कम्पनीको शेयर खरिद गर्न ९ हजार ८८६ लगानीकर्ताहरुले १८ लाख २१ हजार कित्ताको माग राखेका छन् । 

त्यस्तै, आज यस कम्पनीको शेयर मूल्य ८.८९ प्रतिशतले बढेर २४५ रुपैयाँ पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया