कारोबारको दोस्रो घण्टा : १८.८० अंकले बढ्यो नेप्से , कारोबार रकम ४ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं- साताको अन्तिम दिन (बिहिबार) नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ १८.८० अंकले बढेको छ ।

कारोबार सुरु भएका दुई घण्टामा परिसुचक ०.७२ प्रतिशतले उकालो लाग्दै २६३०.२५ को बिन्दुमा पुगेको छ । आज परिसुचक २६११.४५ को बिन्दुबाट सुरु भएको थियो ।

दुई घण्टाको अवधीमा कारोबारका १२ उपसमुहमध्ये ५ उपसमुह ओरालो लागेका छन् भने बाँकी ७ उपसमुह उकालो लागेका हुन् ।

सो अवधीसम्म कारोबारमा आएका २०० कम्पनीको ९२ लाख १७ हजार ५३९ कित्ता शेयर ४८ हजार ६४४ पटक खरिद बिक्री भएको छ । हालसम्म नेप्सेमा ४ अर्ब ४ करोड ९५ लाख रुपैंया बराबरको कारोबार भएको छ । 

यस्तै, ७७ कम्पनीको शेयर मुल्य बढेको छ भने ८९ कम्पनीको शेयरमुल्य घटेको हो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया