कारोबार सुरु भएको दुई घण्टा नपुग्दै निर्फाको ४२ करोड माथिको कारोबार, माग अझै उच्च

५ बर्ष अगाडि

आइतबारबाट नेप्सेमा कारोबार सुरु गरेको नेपाल इन्फ्रास्टकच्र बैंकको शेयरमा आज पनि सकरात्मक सर्किट लागेको छ । 

आज कम्पनीको शेयर मूल्य ९.८६ प्रतिशतले बढेर ५ सय ४६ रुपैयाँ पुगेको हो । 

कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागिरहँदा नेप्सेमा सर्वाधिक कारोबार देखिएको छ । 

कारोबार सुरु भएको दुई घण्टा आइपुग्न लाग्दा कम्पनीको ४२ करोड ५५ लाख रुपेयाँ बराबरको कारोबार भएको देखिएको छ । 

यता, कारोबार सर्वाधिक भइरहँदा पनि यस कम्पनीको माग उच्च रहेको छ ।

अहिले सम्ममा कम्पनीको शेयर खरिद गर्न ६ हजार १६६ लगानीकर्ताहरुले १५ लाख २९ हजार कित्तको माग राखेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया