२४.४८ अंकले बढ्दै नयाँ उचाईमा नेप्से, कारोबार रकम २ अर्ब माथि

५ बर्ष अगाडि

काठमाडौं-  साताको अन्तिम दिन बिहिबार नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक २४.४८ अंकले बढेर नयाँ उचाईमा पुगेको छ ।

कारोबार सुरु भएको १ घण्टामा ०.९४ अर्थात २४.४८ अंकले उकालो लाग्दै परिसुचक २६३५.९२ को बिन्दुमा पुगेको छ ।

कारोबारको १ घण्टामा १२ उपसमुहमध्ये ५ उपसमुह ओरालो लागेका छन् भने बाँकी ७ उपसमुह भने उकालो लागेका हुन् ।

१२ बजेसम्म कारोबारमा आएका १९१ कम्पनीको ४९ लाख ५१ हजार १२० कित्ता शेयर २८ हजार २९३ पटक खरिद बिक्री हुदाँ २ अर्ब १६ करोड ९८ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया