प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे सचिवालयले औपचारिक जानकारी गराएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन काफ्लेले आइतबार एक प्रेस नोटमार्फत ओली बालुवाटरास्थित निवासमा आराममा रहेको जानकारी गराएका हुन् ।
ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको बताउँदै काफ्लेले चिकित्सकको सल्लाहबमोजिम उनी दुई दिनदेखि खिनयमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आरामरत रहेको जानकारी दिए ।
हाल ज्वरो नियन्त्रणमा आई स्वास्थ्य अवस्थामा क्रमिक सुधार रहेको जानकारी दिँदै काफ्लेले शुक्रबार स्थगित भएको क्याबिनेटको बैठक आइतबार प्रधानमन्त्री निवासमै बस्न लागेको पनि जानकारी दिएका छन् ।
स्वास्थ्यमा पूर्ण सुधार नभएसम्म ओली सार्वजनिक कार्यक्रमहरुमा सहभागि नहुने पनि काफ्लेले जानकारी दिए ।
प्रतिक्रिया