काठमाडौं - विश्व सम्पदा सूचीमा परेको पुरातात्विक एवं धार्मिक स्थल रामग्राम स्तूप ओझेलमा परिरहेको छ । स्तूपको विकास र प्रवर्द्धनका लागि कुनै पनि तहको सरकारबाट ठोस पहल हुन नसकेको हो ।
शान्तिका अग्रदुत गौतम बुद्धको अस्थिधातु रहेको रामग्राम स्तूपको विकासका लागि सरकारले लुम्बिनी विकास कोषलाई जिम्मा दिएको छ ।
तर यसको विकास तथा संरक्षणमा लुम्बिनी विकास कोषको खासै चासो नदेखिएको हो । रामग्राम स्तूप पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७,उजैनीमा अवस्थित छ ।
ऐतिहासिक स्तूप क्षेत्रको विकासका लागि सरकारले बर्सेनि करोडौं रुपैयाँ लुम्बिनी विकास कोषलाई उपलब्ध गराए पनि गुरुयोजना तथा ठोस कार्ययोजना नबनेको भन्दै लुम्बिनी विकास कोषले सो क्षेत्रमा खासै लगानी गरेको पाइँदैन ।
स्तूपलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लुम्बिनी विकास कोषले चासो नदेखाएकाले छुट्टै निकायका रुपमा रामग्राम विकास कोष स्थापना हुनुपर्ने रामग्राम पर्यटन प्रवर्द्धन विकास संस्थाले जनाएको छ ।
प्रतिक्रिया