प्रि ओपन सेसनमा २३.०२ अंकले बढ्यो नेप्से, ३५ कम्पनीको शेयरमूल्यमा वृद्धि

५ बर्ष अगाडि

काठमाडौं- बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २३.०२ अंक बढेको छ।

बुधबार ९.९४ अंक बढेर २६११.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २३.०२ अंक बढेर २६३४.४७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ४.०६ अंक घटेको छ।

४६ कम्पनीको २ करोड ५८ लाख ५२ हजार ९०० रुपैयाँ बराबरको ५५ हजार ६८९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया