प्रहरी प्रधान कार्यालयमा कार्यरत सईलाई अख्तियार लाग्यो

७ बर्ष अगाडि

काठमाडौं–प्रहरी प्रधान कार्यालय, नक्शाल काठमाडौंमा कार्यरत प्राविधिक प्रहरी नायव निरीक्षक (सई) रामबहादुर सिंह भण्डारी क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरेको छ । 
उनीमाथि भारतबाट नक्कली प्रमाणपत्र ल्याएर  जागिर खाएको आरोप छ । 

‘नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी पदमा नियुक्ति भै सरकारी लाभ तथा सुविधा समेत लिएको देखिन आएको हुँदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर भएको देखिन आएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी लिइ आरोप(पत्र दायर गरिएको छ ’ अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया