सडक विभागको महानिर्देशकमा थापा नियुक्त

५ बर्ष अगाडि

काठमाडौं-  सडक विभागको महानिर्देशकमा ई–अर्जुनजंग थापा नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रिस्तरिय निर्णयअनुसार थापालाई विभागको महानिर्देशकमा नियुक्त गरेको मन्त्रालयका प्रवक्ता दीपक भट्टराईले बताएका छन्।

यसअघि विकास सहायता कार्यन्वयन महाशाखामा प्रमुख भएर नागढुंगा सुरुङगमार्ग निर्माण आयोजनालाई गति प्रदान गरेका थापा २०६९ मा सहसचिवमा बढुवा भएका थिए । थापासँग पुल महाशाखा, योजना महाशाखा प्रमुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेर काम गरेको अनुभव छ । त्यसअघि इन्जिनियर रहँदा थापाले डिभिजन कार्यलय काठमाडौं, बुटवल, नवरपरासी र पोखरामा काम गरेका थिए ।

सिडिइ हुँदा थापाले महेन्द्रनगर र बुटवल डिभिजन हुलाकी राजमार्ग र पूर्वाञ्चलमा प्रमुख भएका थापा पाल्पाका स्थायी बसिन्दा हुन् । मन्त्रालयले महानिर्देशक केशवकुमार शर्मालाई मन्त्रालय र पूर्वान्चल डिभिजनका निमिक्त प्रमुख शिवराज अधिकारीलाई मन्त्रालयम सरुवा गरेको छ । थापाको स्थानमा मन्त्रालयमा रामहरि न्यौपानेलाई पठाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया