फागुन १४ बाट  कुमारी इक्विटी फण्ड निष्काशनमा आउने

५ बर्ष अगाडि

कुमारी क्यापिटलले फागुन १४ गतेदेखि कुमारी इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ।

प्रतिइकाई १० रुपैयाँ अंकित दरमा क्यापिटलले १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।

कम्पनीको इकाईमा छिटोमा फागुन १८ गतेसम्म र उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त फण्डमा न्यूनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया