यी २ कम्पनीका आज सम्म कायम शेयरधनीले मात्र लाभांश पाउँदै

५ बर्ष अगाडि

नेपसेमा आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल र नेरुदे लघुवित्तको  लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो । 

यी दुई कम्पनिले  साधारणसभा र लाभांश प्रयोजनको लागि फागुन ७ गतेदेखि बुक क्लोज गर्ने भएपछि आज सम्म कायाम शेयरधनीले मात्र लाभांश पाउने भएका हुने । 

लाइफ इन्स्योरेन्स कर्पोरेशन गत आवको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत बोनस शेयर वितरण गर्दैछ । 

कम्पनीको साधारण सभा फागुन २५ गते बोलायएको छ । 

त्यस्तै, नेरुदे लघुवित्तले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२  प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तले फागुन २२ गते शनिवार साधारणसभा बोलाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया