बालुवाटारमा त्यो रात भएको रमिता, माधव र वामदेव बन्दा विद्यालाई चिट्ठा

७ बर्ष अगाडि

काठमाडौँ–नेकपा(एमाले) भित्र राष्ट्रपति उम्मेदवार चयनको विषयलार्ई लिएर राम्रै रमिता भएको छ । सर्वसम्मत रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने भन्दै प्रधानमन्त्री समेत रहेका  केपी ओलीले विद्यमान राष्ट्रपति समेत रहेकी विद्या भण्डारीलाई अगाडि सार्दै आएको थिए । प्रतिनिधिसभाको निर्वानदेखि नै एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले स्वयम् नै आफू राष्ट्रिय एकताको प्रतिकका रुपमा राष्ट्रपतिको उम्मेदवार बन्ने भन्दै भाषण गर्दै आएका थिए ।
उनले राष्ट्रपतिका लागि तयार रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि छलफल गर्न भ्याएका थिए । पार्टी भित्र पनि माधवकुमार नेपाल र वामदेव गौतमले साथ दिन्छन् भन्ने उनलाई लागेको थियो । तर अवस्था ठिक विपरित भइदियो । ओलीले जे चाहेका थिए त्यही गरेर देखाइदिए । अन्ततः वामदेव गौतम र माधव नेपालको समेत साथ नपाएपछि झलनाथ खनाल लडाइमा हारेको सिपाही जस्तै भएर निवास डल्लू फर्केका थिए । राष्ट्रपति बन्ने इच्छामा नेता नेपाल र उपाध्यक्ष वामदेवले सहयोग गर्लान् भन्ने अपेक्षा विपििरत उनीहरुले आफ्नो पक्षमा मत नराखेपछि नेता खनाल निारश भएको एमालेका नेताहरुको भनाइ छ ।
नेता खनालको पक्षमा अप्रत्यक्ष रुपमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र उपमहासचिव समेत रहेका नेता घनश्याम भ्ुसाल बाहेक अरु कोही पनि देखिएनन् । माधव नेपालले जोड दिएर खनालको पक्षमा लविङ गरेको भए उनी राष्ट्रपति बन्न सक्ने अवस्था थियो । प्रचण्डले हुन्छ भनेकै थिए । रह््यो पार्टी भित्रको कुरा तर आनै निएकाले समेत साथ नदिएपछि नेता खनाल चुपचाप बैठबाट बाहिरिएका थिए । एमालेले अंगाल्दै आएको जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउको भनेको भन्दै नेता खनालमाथि बेला मौकामा अध्यक्ष ओलीले समेत छेडखानी गर्दै आएका थिए र छन् नै ।
बैठकमा ओलीको कार्यशैलीप्रति अष्टलक्ष्मी शाक्यले धुवाधार आगो ओकलेकी थिइन । उनले ओलीले गुटबन्दी गरेकै कारण प्रदेश नं ३ को मुख्य मन्त्री बन्ने सौभाग्य गुमाएको भन्दै आपत्ति मात्र जनाइनन् । राष्ट्रपति कार्यालयमा बसेर विद्या भण्डारीले एमाले भित्र गुट चलाएको समेत आरोप लगाइन् । स्रोतहरुका अनुसार राष्ट्रपति भण्डारीले डोरमणि पौडेलाई प्रदेश नं ३ को मुख्यमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा बसेर गुट सक्रिय गराएको आरोप मात्रै लागेको छैन चर्को लविङ नै गरेको एमाले नेताहरु स्वीकार गर्छन । काठमाडौँ महानगरपालिकाको प्रमुख चयनको समयमा समेत विद्यासुन्दर शाक्य नै चाहिन्छ भनेर दबाव दिएको,शिवमाया तुम्वाहम्फेलाई सांसद बनाउन लविङ गरेको, प्रदेश नं ५ को मुख्य मन्त्री बनाउने सवालमा शंकर पोखरेलको चर्को लविङ गरेको जस्ता आरोप राष्ट्रपति माथि लाग्दै आएको छ । त्यसो त पछिल्लो पटक राष्ट्रियसभा सदस्य चयनमा विमला पौडेलको नाम राख्नै पर्ने दबाव समेत राष्ट्रपतिले दिएको चर्चा राजनीतिक बजारमा व्याप्त छ ।
संवैधानिक रुपमा सक्रिया हुन नपाइने मूल्य र मान्यता विपरित गएर राष्ट्रपतिले पदको दुरुपयोग गरेको भन्दै उपाध्यक्ष शाक्यले ओलीको अगाडि आगो ओकल्दा उनी चुपचाप हासेर बसेका थिए । उनले कुनै प्रक्रिया नजनाएका कारण उपाध्यष शाक्य थप आक्रोशित मात्रै बनिनन् उनले पार्टी भित्र विधि हराएको समेत आरोप लगाइन ।
माधव नेपालले पार्टीए विधिमा नचलेको बाहेक अरु कुनै धारणा राखेनन् । उनले शाक्यको भनाईमा आफ्नो सहमति भएको जनाए पनि भलनाथको पक्षमा एक शब्द पनि बोलेनन् । यस्तै बोल्ने पालो आयो बामदेव गौतमको । गौतमले त मेरो पक्षमा बोल्लान् भन्ने अपेक्षामा रहेका झलनाथले गौतमको अनुहारमा हेर । वामदेवले मेरो केही छैन भन्दै चुपचाप बसे । गौतमले मात्रै आफ्नो पक्षमा धारणा राखेको भए पनि राष्ट्रपतिको उम्मेदवार बन्छु कि भन्ने झिनो आशा बाँकी थियो उनलाई ।
योगेश भट्टराई जो एमालेका सचिव समेत हुन् । उनले पार्टीलाई विधिमा चलाउनु जरुरी रहेको मात्रै धारणा राखे । उनले त्यस बाहेक अरु कुनै पनि विषय राखेनन् । बरु उम्मेदवारको विषयलाई लिएर पूर्व सभामुख सुवास नेम्वाङ र उपाध्यक्ष शाक्यबीच पाखुरा सुर्कासुर्कीको अवस्था भने आइलाग्यो । सर्वसम्मत रुपमा उम्मेदवार छनौट गर्ने भन्दै बसेको बैठकले कुनै निर्णय गर्न सकेन । अनत्यमा ओलीले लौ है सर्वसम्मत् भयो भन्दै निर्णय सुनाए । उपमहासचिव भुसालले आफ्नो नोट अफ डिसेन्ट रहेको सुनाए ।
धेरैको भनाई के थियो भने एक पटक राष्ट्रपति भएकाले भण्डारीले नै आफैले तेस्रो व्यक्ति ल्यानुस् भन्लिन् भन्ने आशा थियो वरिष्ठ नेता खनालमा । तर शक्ति र सत्ताको स्वाद कति मिठो हुन्छ भन्ने कुरा पुग्ने र भोग्नेलाई मात्रै थाहा हुन्छ । न त भण्डारीले त्यसो भन्न सकिन् न त प्रधानमन्त्री समेत रहेका ओलीले नैै त्यस विषयमा निर्णय गर्ने जाँगर लगाए । राष्ट्रपति कार्यालयमा बसेर गुट चलाएको आरोप एमालले लगाएकै थियो । त्यसमाथि पछिल्लो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिश गरेको तीन जनाको प्रस्ताव कार्यान्वयन नगरी राखेको भन्दै काँग्रेसले आपत्ति जनाउँदै आएको छ ।
विगतमा डा रामवरण यावदले कटुवाल प्रकरणमा सही भएको भन्दै सर्मथन गर्ने काँग्रेस आफ्नो स्वार्थमा धम्का लाग्दा भने राष्ट्रपतिले असंवैधानिक निर्णय गरेको भन्दै आन्दोलनमा समेत उत्रन पुग्यो । तथ्य र कारण जे जस्तो भएपनि विगतमा डा यादवले गरेको कटुवाल प्रकरणको निर्णय र पछिल्लो पटक भण्डारीले गरेको निर्णय दुवै असंवैधानिक कदम नै थिए , छ र आगामी दिनमा पनि कालो इतिहासका रुपमा नेपाली इतिहासमा दर्ज हुने नै छ ।
विगतमा जननिर्वाचित सरकारले गरेको निर्णयलाई बन्ध्याकरण गरेर डा यादवले लोकतन्त्रको खिल्ली उडाएका थिए । पछिल्लो दिनमा राष्ट्रपतिले कार्यकारी सरकारले गरेको सिफारिश कार्यान्वयन नगरेर आनो स्वार्थलाई पनि सिद्ध गरेकी नै छन् । व्यक्ति फरक भएपनि राजनीतिक प्रवृत्ति एउटै भएको भन्दै राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ‘ राजनीतिमा स्वार्थ हावी भएपनि कसैको केही लाग्दो रहेनछ ।
प्रदेश नं ३ को मुख्यमन्त्रीको सवाल जुन छ । अष्टलक्षमी शाक्यलाई पहिले महिला मुख्यमन्त्री बन्ने सोभग्य प्राप्त भएकै थियो । गुठगत स्वार्थको जन्जालमा नराम्ररी परेपछि शाक्य त्यो पद पाउन अससफल भएकी नै हुन् । रुपमा डोरमणि र अष्टलक्ष्मी देखिएपनि सारमा ओली र माधव नेपालकै लडाई थियो त्यो । त्यसमा संरक्षकको रुपमा राष्ट्रपति भण्डारी पनि मैदानमा खडा भएको एमाले नेताहरुको टिप्पणी छ ।
पहिलो महिला राष्ट्रपति बने जस्तै पहिलो महिला मुख्यमन्त्री बन्ने अवसरबाट अष्टलक्ष्मीलाई बन्चित गरिएकै हो भन्दा कोही कसैले पनि नाक खुम्च्याउनुपर्ने अवस्था छैन । एमाले नेतृत्व त्यसमा चुकेको भन्दै महिलावादी संघ संगठनले समेत विरोध गरेका छन् । संविधानअनुसार राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला अनिवार्य हुने व्यवस्था गरिएको छ । संविधान प्रदत्त सात प्रदेशमा कम्तमिा पनि एक जना महिला मुख्यमन्त्री बनाउनैपर्ने थियो । त्यसो हुन सकेन । त्यसो त भन्नेहरुले हरेक पदमा आरक्षण दिन सकिदेन, क्षमता र योग्यताको कसी पनि सँग सँगै रहन्छ पनि भनिएको छ । तर क्षमताका हिसाबले पन िअष्टलक्ष्मी योग्य नै उम्मेदवार थिइन् र हुन् भन्ने आम मान्छेको बुझाई छ । तर गुटगत स्वार्थको लडाईमा परेर उनले त्यो इतिहास बनाउने अवसर नपाएको विदितै रहेको विश्लेषकहरुको टिप्पणी छ, जनआह्वान साप्ताहिकमा खबर छ ।  
 

७ बर्ष अगाडि

प्रतिक्रिया