बिहिबार पुन बस्दै नेपाली कांग्रेसको बैठक

४ बर्ष अगाडि

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बुधबारको बैठक बिहिबार दिउँसो ३ बजे पुन बस्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आजको बैठकमा ०७८ भदौमा १४औँ महाधिवेशन गर्ने प्रस्ताव पेस भएको थियो । 

प्रवक्ता शर्माले ०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको पत्रकारलाई जानकारी गराए ।

शर्माका अनुसार गाउँनगरको वडा अधिवेशन असार २० गते, गाउँ नगरपालिकाको अधिवेशन असार २२ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार ३० गते र प्रदेश अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव पनि केन्द्रीय कार्यसमितिमा पेस भएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया