महिला लघुवित्तको आईपिओमा झन्डै ६६ गुणा आवेदन, कति आवेदकले पाउनेछन् शेयर ?

५ बर्ष अगाडि

काठमाडौं, महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा २ अर्ब ४६ करोड रुपैयाँ भन्दा धेरैको आवेदन परेको छ ।  बुधबार बेलुकासम्ममा १५ लाख ८० हजार ७८१  आवेदकले आवेदन भरेका थिए । संस्थाको आईपीओ भर्ने  आज अन्तिम दिन रहेको थियो ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिंग लिमिटेडका अनुसार आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५.७२ गुणा बढी हो ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

निष्काशन गरिएको कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन खुलाइएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया