एप्पलले पहिलो फोल्डेवल आईफोन ल्याउदैँ, कति हुदैैँछ रिलिज ?

४ बर्ष अगाडि

हालैमात्र सार्वजनिक भएको एक जानकारी अनुसार एप्पलको पहिलो फोल्डेवल फोन सन् २०२३ मा रिलिज हुने भएको छ ।

जोन प्रोसेसरले सार्वजनिक गरेको सूचना अनुसार हाल कम्पनीले उक्त फोनको डिजाइन तयार पारिसकेको छ । भने, उक्त फोनको नाम ‘आईफोन फ्लिप’ हुन सक्ने उल्लेख गरिएको छ ।

प्राप्त जानकारी अनुसार एप्पलले हाल बजारमा प्रचलित डिजाइन ‘फोन टु ट्याब्लेट’ अर्थात फोल्ड गर्दा फोन र खोल्दा ट्याब्लेट आकारमा देखिने छैन । यसको अर्थ यो ‘क्लामशेल’ आईफोन डिजाइनमा उपलब्ध हुनेछ ।

उक्त क्लामशेल फोल्डेबल आईफोनमा ओएलईडी डिस्प्ले रहने छ, जसको साइज ७.३ र ७.६ इन्चको बिचमा हुने जोन प्रोसेसरले जानकारी दिएको छ ।

यसका साथ उक्त फोल्डेवल आईफोनले स्टाइलस सपोर्ट गर्नेछ । यसको अर्थ  सामसङ ग्यालेक्सी नोटमा जस्तै पेन्सिलको प्रयोग गर्न सकिनेछ ।

यसअघि चीनको फक्सकोन फ्याक्ट्रीमा भएको सो परीक्षणमा कम्पनीले दुईवटा स्किृन भएको फोल्डेवल आईफोनका अतिरिक्त क्लामशेल फोल्डेबल फोनको प्रोटोटाइप परीक्षण गरिसकेको छ ।

एप्पलको क्लामशेल फोल्डेबल फोनको नमुना यसअघिको सामसङ जेड फ्लिप र मोटोरोला रेजरसँग मिल्दोजुल्दो देखिन्छ, जसमा सामसङको फ्लेक्सिबल ओलेड डिस्प्ले प्रयोग हुने जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया