काठमाडौं – बुधबार नेप्से परिसुचक कारोबारको दोस्रो घण्टासम्म आउँदा सामान्य अंकले बढेको छ ।
आज ११ बजे २६०१.५१ को बिन्दुबाट सुरु भएको कारोबार २ घण्टाको अवधीमा ४.११ अंकले बढेर २६०५.६२ को बिन्दुमा पुगेको छ ।
कारोेबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुहमध्ये उकालो लागेका छन् भने बाँकी ९ उपसमुह ओरालो लागेका छन् ।
दुुई घण्टाको अवधीमा कारोबारमा आएका १९६ कम्पनीको ७७ लाख ६५ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ४ अर्ब ६ करोड रुपैंया बराबर कारोबार भएको छ ।
प्रतिक्रिया