डिप्रोस लघुवित्तले संस्थापक शेयर लिलामीमा बिक्री गदैैँ

५ बर्ष अगाडि

काठमाडौं- डिप्रोस लघुवित्तले संस्थापक शेयर लिलामीमा बिक्री गर्ने भएको छ ।

लघुवित्तले शेयरधनी देवेन्द्र प्रताप शाहको नाममा रहेको २३ हजार ५ सय कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

शेयर खरिद गर्ने इच्छुक व्यक्ति, कम्पनी, संघ संस्थाहरुले फागुन ५ गते देखि फागुन २३ गते सम्म बैंकिङ्ग समयमा आवेदन दिन सक्नेछन् ।

आवेदन फारम २ सय रुपैयाँ भुक्तानी गरि सानिमा क्यापिटल पुतलीसडक काठमाण्डौबाट प्राप्त गर्ने सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ

क्यापिटलका अनुसार शेयरको न्यूनतम मूल्य ५०१ रुपैयाँ तोकिएको हुँदा सो भन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्ने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया