काठमाडौं-बुधबार नेप्से परिसुचक कारोबारको पहिलो घण्टासम्म आउँदा सामान्य अंकले बढेको छ ।
आज ११ बजे २६०१.५१ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधीमा ३.१० अंकले बढेर २६०४.६१ को बिन्दुमा पुगेको छ ।
कारोेबारमा आएका १२ उपसमुहमध्ये ३ उपसमुहमध्ये उकालो लागेका छन् भने बाँकी ९ उपसमुह ओरालो लागेका छन् ।
एक घण्टाको अवधीमा कारोबारमा आएका १९६ कम्पनीको ३८ लाख ९५ हजार ९८८ कित्ता शेयर २२ हजार १३२ पटक खरिद बिक्री हुदाँ २ अर्ब १९ करोड ५२ लाख रुपैंयामा कारोबार भएको छ ।
प्रतिक्रिया