काठमाडौं - नेकपा प्रचण्ड–नेपाल समूहले आजदेखि चौथो चरणका संघर्षका कार्यक्रम शुरु गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा सडक संघर्षमा रहेको यो समूहले आजदेखि चौथो चरणको विरोधका कार्यक्रम शुरु गर्न लागेको हो ।
कार्यक्रमको पहिलो दिन आज सम्बन्धित प्रदेश कमिटीको नेतृत्वमा जिल्लाहरुमा विरोध प्रदर्शन र सभा गरिने बताइएको छ । जिल्लास्तरीय विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म जारी रहने बताइएको छ ।
कार्यक्रम अन्तर्गत भोलि काठमाडौंको टुंडिखेल मानव साङ्लोले घेर्ने, फागुन ७ गते सबै वडामा विरोध गरिने तथा फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने सो समूहको तयारी छ ।
प्रतिक्रिया