नेप्सेमा फरवार्ड माइक्रोफाइनान्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
कम्पनीले लाभांश र साधारणसभाका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको नयाँ शेयर मूल्य २ हजार ६७८ रुपैयाँ तोकिएको छ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न फागुन २१ गते, शुक्रबार, आफ्नो केन्द्रिय कार्यालय, दुहवी, सुनसरीमा आठौँ वार्षिक साधारण सभा डाकेको छ।
प्रतिक्रिया