ग्रीनलाइफ हाइड्रो कम्पनीले यस अघि निष्काशन गरेको आइपीओको प्रि अलोटमेन्ट गरेको छ ।
कम्पनीको आइपीओ हिजो बिक्रि प्रबन्धक बिओके क्यापिटलले प्रि अलोटमेन्ट गरेको हो ।
कम्पनीको प्रबन्धक अनुसार माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट ३ लाख २५ हजार १ सय ६५ जनाले मात्र शेयर पाउने छन् भने यस हिसाबमा करिब १० लाख आवेदक हात खाली हुने देखिन्छ ।
उता, कम्पनीको शुक्रबार बिहान ९ बजे शेयर बाँडफाँड हुने बताइएको छ ।
कम्पनीको आईपिओमा १३ लाख बढी आवेदकले आवेदन दिएका छन् । कम्पनीले माघ २३ देखि प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो।
प्रतिक्रिया