महिला लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

५ बर्ष अगाडि

काठमाडौं – महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन तथा बिक्रि खुल्ला गरेको आईपीओमा आवेदन दिने आज (बुधबार) अन्तिम दिन रहेको  छ ।

कम्पनीले सुरुमा फागुन ४ गतेसम्म बिक्री खुला गर्ने सूचना जारी गरेको थियो । पछि उक्त दिन सार्वजनिक विदा परेकाले बुधबारसम्म बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । माग अनुसार आवेदन नपरेमा फागुन १४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले अगाडीनै जानकारी दिएको थियो ।

लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर बिक्रि खुल्ला गरेको हो। संस्थाले चालु पुँजीको ४० प्रतिशत हुन आउने ४ करोड बराबरको ४ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो । त्यसमध्ये ०।५ प्रतिशत वा ५ हजार कित्ता शेयर कर्मचारीहरुलाई ५ प्रतिशत वा २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र बाकी रहेको ३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । शेयर खरिद गर्न इच्छुकहरुले न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

५ बर्ष अगाडि

प्रतिक्रिया