३७ करोडको लागतमा  मझगाउँ विमानस्थल कालोपत्रे हुने

५ बर्ष अगाडि

कञ्‍चनपुरको मझगाँउ विमानस्थल पुन :संचालनमा आउने भएको छ । जग्गा अधिग्रहण र पूर्वाधार निर्माणका लागि साझेदारी भएसँगै विमानस्थल सञ्‍चालनको प्रक्रिया अगाडि बढेको हो । 

३७ करोडको लागतमा मझगाउँको धावनमार्ग कालोपत्रे गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण, सुदूरपश्‍चिम प्रदेश सरकार र कञ्चनपुरका दुई स्थानीय तह भीमदत्त र महाकाली नगरपालिकाबीच साझेदारी भएको हो । उक्त रकम नगरपालिका र प्रदेश सरकारले नागरिक उड्डयन प्राधिकरणको बैंक खातामा जम्मा गरेसँगै जग्गा खरिद प्रक्रिया अगाडि बढ्ने सहमति भएको छ । 

विमानस्थलको धावन मार्ग १६ सय मिटर लामो हुने छ भने विमानस्थलको स्तरोन्‍नति र सञ्‍चालनका लागि संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले २५, भीमदत्त नगरपालिकाले १५ र महाकाली नगरपालिकाले १० प्रतिशत खर्च जुटाउने समझदारी भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया