काठमाडौं- मंगलबार पनि नेप्सेमा दोहोरो अंंकको वृद्धि भई ऐतिहासिक उचाईमा पुगेको छ ।
आज ११ बजे २५८६.०१ को बिन्दुबाट सुरु भएको नेप्से परिसुचक आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १५.५० अंकले बढेर २६०१.५१ को बिन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको छ । परिसुचक ०.६० प्रतिशतले बढेको हो । नेप्सेले पछिल्लो समय ब्याक टु ब्याक नयाँ रेकर्ड बनाइरहेको छ ।
परिसुचक दोहोरो अंकले बढेपनि कारोबारका १२ उपसमुहमध्ये ८ उपसमुह ओरालो लागेका छन् र बाँकी ४ उपसमुह मात्र उकालो लागेका हुन् ।
अन्तिम समयसम्म कारोबारमा आएका २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयर ७६ हजार ४९३ पटक खरिद बिक्री हुदाँ १० अर्ब ३ करोड ५४ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका कम्पनीमध्ये नबिल बैंकले ५२ करोड ९९ लाख ९६ हजार रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया