काठमाडौं-साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ दोहोरो अंकले बढेको छ ।
कारोबार सुरु भएको पहिलो घण्टामा परिसुचक ३०.९४ अकंले उकालो लागेर २६१६.९४ को बिन्दुमा पुगेको छ । परिसुचक १.२० प्रतिशतले बढेको हो ।
कारोबारमा आएका १२ उपसमुहमध्ये ४ उपसमुह भने ओरालो लागेको छन् ।
कारोबार सुरु भएको दुई घण्टामा कारोबारमा आएका २०४ कम्पनीको ९७ लाख ३० हजार ७६५ कित्ता शेयर ४२ हजार ५६६ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ६४ करोड ८ लाख रुपैंया बराबरको कारोबार भएको हो ।
प्रतिक्रिया