महिला लघुवित्तमा १२ लाखभन्दा बढीले दिए आवेदन, कति रकम बराबरको आयो आवेदन ?

५ बर्ष अगाडि

काठमाडौं-  महिला लघुवित्त वित्तिय संस्थाको आईपीओमा १२ लाखभन्दा बढीले आवेदन दिएका छन् । बेलुकासम्ममा १२ लाख १ हजार ८९० हजार आवेदकबाट अवेदन आएको हो । 

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैकिंग लिमिटेडका अनुसार आईपीओमा एक करोड ८५ लाख ३५ हजार १०० कित्ता अर्थात १ अर्ब ८५ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

लघुवित्तको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओमा फागुन ५ गतेसम्ममा आवेदन दिन सकिनेछ।

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले संस्थाको वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड रुपैयाँ र चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ। सर्वसाधारणलाई ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया