वर्ल्डलिङ्कको ९ वटा प्याकेजमा इन्टरनेट सेवा, मासिक मुल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - हाल नेपालमा दर्जनौं सेवाप्रदायकले इन्टरनेट सेवा दिइरहेका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणबाट १२७ वटा सेवाप्रदायकले अनुमतिपत्र लिएको भए पनि सञ्चालनमा भने ४० हाराहारी मात्र छन् ।

फिक्स्ड लाइन इन्टरनेटमा देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायकको रुपमा रहेको वर्ल्डलिङ्कले हालै मात्र तहल्का नामक नयाँ अफर सार्वजनिक गरेको छ । जसअनुसार तपाईंले मासिक ९०३ रुपैयाँमै १० एमबीपीएस गतिको इन्टरनेटसँगै आईपी टिभी चलाउन सकिन्छ ।

समग्रमा नेपाल टेलिकमको प्याकेजभन्दा केही महंगो भए पनि यो प्याकेज आईपी टिभी सेवा समेतका लागि भने नेपालकै सस्तो प्याकेज हो । तर यसमा केवल ३ वटा डिभाइसमा मात्र इन्टरनेट सेवा प्रयोग गर्न पाइनेछ।

कम्पनीले मासिक २४८६ रुपैयाँसम्मका विभिन्न ९ वटा प्याकेजमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया