काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसंगै कूल संक्रमितको संख्या २ लाख ७२ हजार ८४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कूल संक्रमितमध्ये २ लाख ६९ हजार २०४ जना निको भएका छन् भने पछिल्लो २४ घण्टामा १४४ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ ।
सोमवार देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५८१ रहेको छ ।
यस्तै सोही अवधीभर कोरोनाले थप १ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुने कूल संख्या २ हजार ५५ पुगेको छ ।
प्रतिक्रिया