काठमाडौं– नेकपाले आयोजना गरेको चियापानमा आगन्तुकलाई स्वागत गर्नमै व्यस्त भएका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले केन्द्रीय सचिवालय र स्थायी कमिटीको विषयमा समेत परामर्श गर्न भ्याए ।
चियापानको अन्त्यतिर केही समय निकालेर उनीहरुले बैठकका विषयमा संवाद गरे ।
नेपालले भने–बैठक कहिले बस्छ ? कार्यक्रम मिलाउनुपर्ने हुन्छ ।
नेपालको प्रश्नपछि ठट्टा गर्दै प्रचण्डले जवाफ फर्काए–फेरि विदेश जाँदै हुनुहुन्छ कि क्या हो ?
नेता नेपाल विदेशमा रहेका बेला केन्द्रीय सचिवालयले गत ५ असोजमा गरेको एकतासम्बन्धी निर्णयमा उनले फरक मत कायमै राखेपछि चियापानमै प्रचण्डले ठट्टा गर्दै यस्तो व्यङ्ग्य गरेको खबर नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
प्रतिक्रिया