२५८६.०१ को बिन्दुमा पुग्दै ऐतिहासिक उचाईमा नेप्से, कारोबार रकम साढे १० अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं-  साताको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक ऐतिहासिक उचाईमा पुगेको छ । 

आज परिसुचक कारोबारको अन्तिम समय सम्म आइपुग्दाँ ९२.४२ अंकले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

आज ११ बजे २४९३.५९ को बिन्दुबाट सुरु भएको कारोबार ३.७१ प्रतिशतले उकालो लागेर २५८६.४२ को बिन्दुमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको हो । 

यस्तै, सेन्सेटिभ परिसुचक पनि आज १५.३३ अंकले बढेर ४६९.४४ को बिन्दुमा पुगेको छ ।

कारोबारका १२ उपसमुहमा पनि आज हरियाली छाएको छ । आज कारोबारको अन्तिम समय सम्म सबै उपसमुह बढेका छन् । 

तीन बजेसम्मे २ करोड २४ लाख ४७ हजार १५७ कित्ता शेयर ६८ हजार ३१९ पटक कारोबार हुदाँ १० अर्ब ३८ करोड ४१ लाख रुपैंया बराबरको कारोबार भएको छ । अन्तिम समय सम्म कारोबारमा आएका २०५ कम्पनीमध्ये १६८ कम्पनी बढेको छन् भने २ कम्पनी ओरालो लागेका छन् ।

कारोबारमा आएका कम्पनीमध्ये निर्धन उत्थान लघुवित्तले ७० करोड ४८ लाख ४९ हजार रुपैंया बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ भने नबिल बैंकले ६८ करोड ५ लाख १६ हजार रुपैंया बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया