फाइभजी सेवाका लागि नेपालमा खुल्यो बाटो, अहिले सम्म कति देशमा ?

४ बर्ष अगाडि

काठमाडौं – विश्वका ६१ देशमा फाइभजी सेवा शुरु भइसकेको छ । 

ग्लोबल मोबाइल सप्लायर्स एसोसिएसनको रिपोर्ट अनुसार जनवरी २०२१ सम्ममा विश्वका ६१ देशका १ सय ४४ अपरेटरले कमर्सियल फाइभजी सर्भिसको शुरु गरिसकेका हुन् ।

अन्य केही देश पनि आफ्नो देशमा फाइभजी सेवा शुरु गर्न लागिपरेका छन् । अहिले विश्वभर फाइभजी टेस्टिङ र ट्रायलको प्रक्रिया चलिरहेको छ ।

यस्तै नेपालमा पनि फाइभजीका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी तय भएको छ । योसँगै नेपालमा फाइभजी सेवा विस्तारको बाटो खुलेको छ ।

छिमेकी मुलुक भारतमा पनि फाइभजी शुरु हुने प्रक्रियामा रहेको छ । भारत सरकारले फाइभजीका लागि आवश्यक पर्ने इन्फ्रास्टक्चर विकास गरिरहेको छ ।

फाइभजी पछिल्लो समयको द्रुत गतिको इन्टरनेट सेवा हो । फाइभजीको स्पिड प्रतिसेकेन्ड २० गिगाबाइटसम्म हुने बताइएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया