नेप्सेमा उछाल : कारोबारको दोस्रो घण्टामा २५६०.२५ को बिन्दुमा पुग्दै नयाँ रेकर्ड

५ बर्ष अगाडि

काठमाडौं- आज कारोबार सुरु भएको दोस्रो घण्टामा नेप्सेले नयाँ रेकर्ड बनाएको छ । 

कारोबार सुरु भएर १ बजे सम्म आइपुग्दा नेप्से ६६.६६अंकले बढेर २५ सय ६०.२५ को विन्दुमा पुगेको हो । 

कारोबारको यो अवधी सम्म आइपुग्दा नेप्सेमा  १ करोड २ लाख ६ हजार ४७२ कित्ता शेयर खरिद बिक्री हुदाँ ५ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

अहिले सम्म कारोबारमा आएका कम्पनीहरु मध्ये १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १० कम्पनीको शेयर मूल्य घटेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया