निफ्राको ३३ हजार कित्ता शेयर कारोबार, १० हजार आवेदकबाट ३० लाख कित्ताको माग

५ बर्ष अगाडि

हिजोबाट नेप्सेमा कारोबार सुरु गरेको नेपाल इन्फ्रास्ट्रकचर बैंकको आज १२ ३० सम्ममा ३३ हजार ९०६ कित्ता शेयर खरिद बिक्री भएको छ । 

यो कम्पनीको १ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार हो । 

आज कम्पनकिो शेयर मूल्य पनि ९.८९ प्रतिशतले बढेर ४११ रुपैयाँ पुगेको छ । कम्पनीको शेयर खरिदकर्ता चाप भने उच्च रहेको छ । 

अहिले सम्ममा कम्पनीको शेयर खरिद गर्न ९ हजार ९९३ लगानीर्ताले ३० लाख ५० हजार कित्ताको माग गरेका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया