काठमाडौं- नेपालका लागि टाटा मोटर्स्को आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटाका गाडीहरूको प्रि–बुकिङ खुल्ला गरेको छ । भारतीय स्ट्यान्डर्ड सिक्सको मान्यता प्राप्त टाटा नेक्सन, टिगोर, अल्ट्रोज, टिएगो, र एचफाइभ गाडीको प्रि–बुकिङ खुला गरिएको हो ।
प्रि–बुकिङ गर्ने पहिलो सय जना ग्राहकलाई आकर्षक उपहार प्रदान गरिने कम्पनीले बताएको छ । उपहारअन्तर्गत ग्राहकले आइफोन १२, आकर्षक नगद छुट, आकर्षक एक्सचेञ्ज बोनस, १ वर्षको निःशुल्क सर्भिसिङ र निःशुल्क जेन्युइन एसोसेरिज प्राप्त गर्नेछन् ।
ग्लोबल एनक्यापको रेटिङअनुसार नेक्सन र अल्ट्रोज फाइभ स्टार तथा टिएगो र टिगोर फोर स्टार सेफ्टी रेटेट सबैभन्दा सुरक्षित गाडी हुन् ।
उत्कृष्ट ड्राइभिङ प्लेजरको अनुभूति गर्न सकिने यी गाडी अझै शक्तिशाली इन्जिन एवं उच्च भारवहन क्षमतासहित विशेष रूपमा तयार पारिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया