आज कारोबार सुरु भएको एक घण्टामा नेप्सेले नयाँ रेकर्ड बनाएको छ ।
कारोबार सुरु भएर १२ बजे सम्म आइपुग्दा नेप्से ६६।०४ अंकले बढेर २५ सय ५९।६४ को विन्दुमा पुगेको हो ।
कारोबारको यो अवधी सम्म आइपुग्दा नेप्सेमा ४० लाख ९५ हजार कित्ता शेयर खरिद बिक्री हुदाँ ३ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अहिले सम्म कारोबारमा आएका कम्पनीहरु मध्य १४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ ।
प्रतिक्रिया