मौद्रिक नीति सँगै बजारमा उछाल, प्रि ओपनमा २४ अंकले बढ्यो नेप्से

५ बर्ष अगाडि

आज कारोबारको दोस्रो दिन नेप्से प्रि ओपन सेसनमा करिब २४ अंक बढेको छ । 

आज नेप्से यस सेसनमा २३.८६ अंक बढेर २५१७.४६ विन्दुमा पुगेको हो। यस अघि हिजो नेप्से ३३.३३ अंक घटेर २४९३.५९ विन्दुमा झरेको थियो । 

यस्तै, आज प्रि ओपन सेसनमा २३ कम्पनीको २९ लाख २६ हजार २७५ रुपैयाँ बराबरको ३ हजार ४१५ कित्ता शेयर खरिदबिक्री भएको छ भने १९ कम्पनीको शेयरमूल्य बढेको छ ।

हिजो भएको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा राष्ट्र बैंकका गभर्नर शेयर धितो कर्जामा कुनै हेरफेर नहुने बताएसँगै आजबाट बजार उकालो बाटो फर्किने संकेत पाइएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया