काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने भएको छ। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो।
विभिन्न जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
सभापति शेरबहादुर देउवाले आज बुटवलमा हुने सभालाई सम्बोधन गर्दैछन्। यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री डा.प्रकाशसरण महतले धादिङ, उपसभापति विमलेन्द्र निधिले सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्ने कांग्रेसले जनाएको छ।
सभापति शेरबहादुर देउवाले आइतबार विज्ञप्ति प्रकाशित गरी प्रदर्शनमा सहभागिताका लागि पार्टीका समर्थक तथा आम जनतासित अपिल गरेका छन्।
संसद विघटन गर्ने ओलीको कदमको विरोध गरे पनि कांग्रेसले स्पष्ट रुपमा संसद
प्रतिक्रिया