गभर्नरले भने : लगानीकर्ताले कमाए भनेर रिसडाह नगरौँ, शेयर धितो कर्जा हेरफेर नहुने

५ बर्ष अगाडि

नेपाली शेयर बजारमा विगत केही दिन देखि चर्चाको बिषय बनेको शेयर धितो कर्जाबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो स्पष्ट धारणा राखेका छन् । 

उनले हिजो भएको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा उक्त विषयमा बोल्दै शेयर धितो कर्जामा कुनै हेरफेर नहुने बताएका हुन् । 

उनले मौद्रिक नीतिको समिक्षा गर्दै लगानीकर्तालाई हल्लाको पछि नलाग्न समेत आग्रह गरेका छन् ।

भर्चुअल माध्यमबाट भएको समिक्षामा उनले भने ''कसैले कमाएको छ भने रिसडाह गर्नु हुँदैन् ।''

उनले कोरोना भाइरसको खोप आएको र कोरोना भाइरसको संक्रमणपछि अर्थतन्त्र लयमा फर्कन समेत बताएका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया