नेपाल भित्रिने विदेशी पर्यटकको संख्या बढ्यो

४ बर्ष अगाडि

कोरोना त्रासका कारण ह्वात्तै घटेको विदेशी पर्यटकको आगमन पछिल्लो समय भने बढ्दै गएको छ । कोरोना महामारीको त्रास कम भएसँगै नेपालमा विदेशी मुलुकहरुबाट आउने पर्यटकको संख्या बढेको हो ।

कोरोना रोकथाम गर्न गत मार्चको अन्त्यतिरबाट लगाइएको लकडाउनका कारण नेपालमा पर्यटकको आगामन नगन्य मात्र थियो । भदौबाट अन्तरराष्ट्रिय हवाई उडान खुलाएपनि पर्यटकको आगामन बढ्न सकेको थिएन । तर, पछिल्लो समय पर्यटन आगामन बढ्न थालेको सरकारी तथ्यांकले देखाएको छ । 

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार गत अप्रिलमा १४ जना मात्र पर्यटन मात्र आएका थिए । तर, २०२१ को सुरुवाती महिना जनवरीमा भने ८ हजार ८७४ जना विदेशी पर्यटक नेपाल आएका छन् । 
यद्यपि, २०२० को जनवरीको तुलनामा यो कम नै हो । तर, कोरोनाको त्रासमा पनि यतिका पर्यटक नेपाल आउनुलाई महत्वका साथ हेरिएको छ ।  

तथ्याङ्क अनुसार सन् २०२०को जनवरीमा मात्र नेपालमा अन्य देशबाट ७९ हजार ७ सय २ पर्यटक भित्रिएका थिए । कोरोना फैलिए सँगै सन् २०२० को अप्रिल महिना देखि भएको बन्दा बन्दीका कारण पर्यटकहरू भित्रिने संख्या घटेता पनि २०२१ को सुरुवाती सम्म पर्यटकहरू दोब्बरले बढेका हुन् । 

गत वर्षको अप्रिल महिनामा १४ जना मात्र पर्यटक भित्रिएका थिए भने, मे महिनामा ३१ जना भित्रिएका थिए । जुन महिनामा १ सय २ जना , जुलाईमा १ सय ९६, अगस्टमा  २ सय ६७ जना,  सेप्टेम्बरमा ५ सय ८४ जना बाह्य पर्यटक भित्रिएका छन् । 

त्यस्तै सन् २०२० को अक्टोबरमा २ हजार २५ जना, नोभेम्बरमा १ हजार ९ सय ५३, डिसेम्बरमा ४  हजार २ सय ४५ जना र  २०२१ को जनवरी सम्ममा ८ हजार ८ सय ७४ जना विदेशी पर्यटक भित्रिएका पर्यटक भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया