नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै फागुन ५ गते बुधबारका लागी बैठक बोलाएका हुन् ।
बैठक बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिएका छन् ।
कांग्रेसले आगामी शुक्रबार पार्टीको १४ औं महाधिवेशनको उदघाटन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो । कोभिड१९ महामारीका कारण त्यो कार्यतालिका अनुरुप काम नभएकाले महाधिवेशनको मिति सार्न कांग्रेसले केन्द्रीय कार्यासमिति बैठक बोलाएको हो ।
प्रतिक्रिया