९ लाख बढीले दिए महिला लघुवित्तमा आवेदन, कति कित्ता शेयरका लागि दिए त आवेदन ?

५ बर्ष अगाडि

काठमाडौं-  महिला लघुवित्त वित्तीय संस्था लिमिटेडमा ९ लाखभन्दा बढीले आवेदन दिएका छन् । आइतबार साँझ ५ बजेसम्ममा ९ लाख १२ हजार ४१५ जनाले १ करोड ४० लाख ५१ हजार ३५० कित्ताका लागि आवेदन दिएका छन् ।

संस्थाको आइपीओमा १ अर्ब ४० करोड ५१ लाख ३५ हजार रुपैयाँ बराबरको आवेदन परको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७.४७ गुणा बढी आवेदन हो । 

लघवित्तले शुक्रबारबाट  ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो । 

निष्काशन गरिने कुल शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन्।

उक्त आइपीओमा फागुन ५ गते बुधबारसम्म आवेदन दिन सकिने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया