५ हजार एमएएच ब्याट्री भएको ‘भिभो वाई ट्वेल्भ एस’ सार्वजनिक, कति छ मूल्य  ?

४ बर्ष अगाडि

भिभो स्मार्टफोनले  बजारमा नयाँ स्मार्टफोनको लञ्च  गरेको । आइतबारदेखि औपचारिक रुपमा भिभोले आफ्नो वाई सिरिजको  ‘भिभो वाई ट्वेल्भ एस’ नेपाली बजारमा सार्वजनिक गरेको हो । 

फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री, साईड–माउन्टेड फिङ्गर प्रिन्ट प्रविधि र एआई डुअल क्यामेरा र वाई ट्वेल्भ एसले ६।५१ हलो फुलभ्यु डिस्प्ले सहित एचडी रेजोलुसन रहेको छ ।

भिभो वाई ट्वेल्भ एस स्मार्टफोनमा ६।५१ इन्चको एचडी प्लस आईपीएस एलसीडी प्यानल राखिएको छ । जसको रेजोलुसन ७२० बाई १६०० पिक्सेल रहेको छ ।

साथै यो ह्याण्डसेटमा राम्रो पर्फरमेन्सका लागि मिडियाटेक हेलियो पी ३५ प्रोसेसर, ३ जीबी र्‍याम तथा ३२ जीबी स्टोरेज । 

साथै यो डिभाइस एन्ड्रोइड टेनमा आधारित फनटचओएस इलाभेनमा काम गर्दछ । फोनमा १३ मेगापिक्सेलको प्राइमरी सेन्सर रहेको छ भने दुई मेगापिक्सेलको सेकेन्डरी सेन्सर रहेको छ ।

 सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामेरा,  भिभो वाई ट्वेल्भ एसमा कनेक्टिभिटीका लागि फोरजी भीओएलटीई, वाईफाई, जीपीएस, ब्लुटुथ भर्सन ५।० र ३।५ एमएम हेडफोन ज्याक जस्ता कनेक्टिभिटी फिचर रहेका छन् ।

नेपाली बजारमा यो फोनको मूल्य १७,९९९ रूपैयाँबाट सुरू हुने जनाइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया