प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन्। आईतबार एक अपिल जारि गर्दै शभापती देउवाले प्रदर्शनमा सहभागी हुन अपिल गरेका हुन् ।
देउवाले भने ‘भोलिको प्रदर्शनमा पनि घरघरबाट सहभागिता जनाएर प्रभावकारी रूपले सफल बनाउन म सबैमा अपिल गर्दछु ।’ कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेको विरूद्धमा सोमबार ७७ जिल्लामै प्रदर्शन र सभा गर्न लागेको छ।
प्रधानमन्त्रीको कदमलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक भनेको छ। देउवा सोमबार बुटवलमा हुने प्रदर्शनमा सहभागी हुँदैछन्।

प्रतिक्रिया