आइतबार ३३.३३ अंकले ओरालो लागेको नेप्से, कारोबार रकम ७ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौ- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा ३३.३३ अंकले ओरालो लागेको छ ।

आज ११ बजे २५२६.९२ को बिन्दुबाट सुरु भएको कारोबार ३ बजेसम्म आउँदा १.३२ प्रतिशतले ओरालो लाग्दै २४९३.५९ को बिन्दुमा पुग्दै आजलाई कारोबार बन्द भएको छ । 

सेन्सेटिभ पनि आज ९.३१ अंकले ओरालो लाग्दै ४५४.१२ को बिन्दुमा पुगेको छ । प्रतिशतको हिसाबले सेन्सेटिभ २.०१ प्रतिशतले घटेको हो ।

अन्तिम समयसम्म १२ उपसमुहमध्ये सामुहिक लगानी कोष मात्र हरियोमा कायम रह्यो भने अन्य बाँकी ११ उपसमुहले ओरालो लागेका हुन् ।
 
तीन बजेसम्म कारोबारमा आएका २०२ कम्पनिले ६ अर्ब ९२ करोड ७६ लाख रुपैंया बराबरको कारोबार गरेका हुन् । कारोबाको अन्तिम समयसम्म नेप्सेमा १ करोड ४८ लाख ५१ हजार ५९२ कित्ता शेयर ५८ हजार ३०९ पटक खरिद बिक्री भएको हो ।

यस्तै कारोबारमा आएका कम्पनीमध्ये नेको इन्स्योरेन्सले ५२ करोड ३३ लाख ६७ रुपैंया बराबरको गर्दै उच्च स्थानमा रहेको छ भने नेपाल बैंक लिमिटेडले ३६ करोड ६० लाख २६ हजार रुपैंया बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया