काठमाडौं – आइतबारदेखि नियमित शेयर कारोबारमा आएको नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को पहिलो दिनमै करिब ६० हजार कित्ता शेयर खरिद बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मार्केट डेप्थअनुसार आज उक्त कम्पनीको आज ५९ हजार ९३१ कित्ता शेयर खरिद बिक्री भएको छ ।
उक्त शेयरहरु प्रतिकिता रु. ३४० देखि ३७४ रुपैयाँसम्मा बिक्री भएको छ । रकमका आधारमा आज उक्त कम्पनीको रू. २ करोड २१ लाख ५४ हजार ४३३ को शेयर कारोबार भएको छ ।
गत हप्ता नेप्सेमा सुचिकृत भएको कम्पनीको शेयर आजदेखि नियमितकारोबारमा आएको थियो । नेप्सेले पहिलो कारोबारको लागि ११३ देखि ३४० रुपैयाँ सम्मको ओपनिङ रेन्ज तोेकेको थियो । त्यसमा उक्त कम्पनीको उच्च रेन्ज अर्थात् ३४० बाट शेयर कारोबार खुलेको थियो । साथै, तत्काल नै शेयर मुल्यमा सकरात्मक सर्किट लागेर शेयर मुल्य ३७४ पुगेको थियो ।
प्रतिक्रिया