काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आइपुग्दाँ १९.७७ अंकले ओरालो लागेको छ ।
कारोबारको तीन घण्टामा परिसुचक ०.७८ प्रतिशतले ओरालो लाग्दै २५०७.१५ को बिन्दुमा पुगेको हो ।
कारोबारको तीन घण्टामा सेन्सेटिभ परिसुचक ६ अंकले ओरालो लाग्दै ४५७.४३ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १२ उपसमुहमध्ये १ एक मात्र उपसमुह हरियोमा कायम छ भने बाँकी ११ उपसमुह ओरालो लागेका छन् ।
कारोबारमा आएका १९९ कम्पनीको १ करोड ४ लाख ५८ हजार ५८ कित्ता शेयर ४३ हजार ६२३ पटक खरिद बिक्री हुँदा ५ अर्ब १४ करोड ८३ लाख रुपैंया बराबरको कारोबार भएको छ ।
यस्तै नेको इन्स्योरेन्सले ४१ करोड १९ लाख ७८ हजार रुपैंया बराबरको सर्वाधिक कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया