७ महिनामा करवापत जम्मा ५० प्रतिशत राजश्व संकलन

५ बर्ष अगाडि

काठमाडाै‌ - सरकारले आर्थिक वर्षको ७ महिनामा बल्ल ५० प्रतिशत कर संकलन गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार माघ मसान्तसम्म सरकारले ४ खर्ब ५८ अर्ब १२ करोड ७८ लाख कर संकलन गरेको हो ।

चालू आर्थिक वर्षमा सरकारले ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख कर संकलन गर्ने लक्ष्य लिएकोमा माघ सम्म संकलन भएको कर लक्ष्यको ५०.१८ प्रतिशत हो ।  

तर ७ महिना बितिसक्दा पनि समग्र राजस्वको भने ५० प्रतिशत पनि संकलन हुन सकेको छैन । कूल १० खर्ब ११ अर्ब ७५ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको भएपनि माघमसान्तसम्म जम्मा ४ खर्ब ९८ अर्ब ५२ करोड राजस्व संकलन भएको छ । यो आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यको ४९ दशमलव २७ प्रतिशत हो । 

गैर कर राजस्व सोँचेअनुसार संकलन नहुँदा सरकारले सात महिनासम्म पनि राजस्वको लक्ष्य फेला पार्न नसकेको हो ।

माघ मसान्तसम्म ४० अर्ब ४२ करोड ३१ लाख राजस्व संकलन गरेको सरकारले यो अबधिमा ४० दशमलव ९१ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो । यो आर्थिक वर्षमा ९८ अर्ब ८० करोड राजस्व संकलन गर्ने सरकारको लक्ष्य छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया