काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आउँदा दोहोरो अंकले ओरालो लागेको छ ।
कारोबार सुरु भएको २ दुई घण्टाको अवधीमा परिसुचक ३४.३९ अंकले ओरालो लाग्दै २४९२.५२ को बिन्दुमा पुगेको छ । आज ११ बजे कारोबार २५२६.९१ को बिन्दुबाट सुरु भएको थियो ।
दुई घण्टाको अवधीमा १२ उपसमुहमध्ये सामुहिक लगानी कोषको ०.११ ले बढेको छ भने बाँकी ११ उपसमुह भने ओरालो लागेका छन् ।
सोही अवधीसम्म कारोबारमा आएका १९३ कम्पनीको ६७ लाख ३१ हजार ६०५ कित्ता शेयर ३० हजार २२३ पटक खरिद बिक्री हुदाँ ३ अर्ब ५१ करोड १५ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया